सामाजिक सन्जालमा कहिले के कुरा भाइरल हुन्छ वा धेरैको नजरमा पर्छ भन्ने कुनै ग्यारेन्टी नै हुन छाड्यो । क्षणभरमा नै हामीले नसोचेका कुराहरु सामाजिक सन्जालमा भाइरल भइरहेका हुन्छन् ।
नेपाली ट्विटर तथा फेसबुक प्रयोगकर्ताहरुले पनि पछिल्लो समय केही विषयमा निकै चर्चा गर्न थालेका छन् । एमसिसी होस् या प्रधानमन्त्री ओलीका विभिन्न अभिव्यक्ति सबैले सामाजिक सन्जालमा निकै चियो चर्चा पाए ।
अब ट्विटर र फेसबुकमा नेपालमा एउटा तस्वीर निकै भाइरल भइरहेको छ ।
तस्वीरमा एउटा रातो नम्बर प्लेटको मोटरसाइकलमा सवार एक जोडी युवायुवती देखिन्छ । पछाडिबाट खिचिएको तस्वीरमा ती युवतीले लगाएको कपडाका कारण उनको चर्चा भएको हो ।
धेरैले सामाजिक सन्जालमा यो तस्वीरलाई राख्दै सरकारी बाइकको दुरुपयोग भएको उल्लेख गरेका छन् । यी आलोचना गर्नेहरुको संख्या निकै बढेको छ ।
अर्कोतिर, केहीले महिलाले लगाएको कपडामाथि आलोचना भएको भन्दै यसको विरोध गरेका छन् । शुक्रबार अबेर साँझसम्म यो बाइक सरकारी नै हो या होइन वा कसले प्रयोग गरिरहेको हो भन्ने खुल्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।