भारतमा नेपालीलाई दुव्र्यवहार गर्ने एकजना समातिए, उनी सन्तोष पाण्डेय रहेको भारतीय प्रहरीको भनाइ

अयोध्या र भगवान् रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि भारतको वनारसमा दुर्वव्यवहार गर्ने एकजना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डेय रहेको वाराणसी (बनारस) प्रहरीले पत्रकार सम्मेलन गरे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पाण्डेयले नै सो भिडियो बनाएका थिए । उनको मोबाइलमा पनि सो भिडियो रहेको पाइएको छ ।

‘छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ, पत्रकार सम्मेलनमा एक अधिकारीले बताए ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई भारतको पक्षमा र प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र हो । सोही क्षेत्रमा विश्व हिन्दू सेनाले एक नेपाली युवकको कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले देखाएको थियो । त्यसलाई लिएर चौतर्फी विरोध भइरहेको छ ।

विश्व हिन्दु सेनाका अध्यक्ष वरुण पाठकले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गराएका हुन् । भिडियोमा गंगा घाटको दृष्य देखिन्छ । उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु छन् । साथै उनीहरुले संगठन र हिन्दुस्तान जिन्दावादको नारा लगाइरहेको देख्न सकिन्छ ।



हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुव्र्यवहार गर्नुअघि बिहीबार वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिरबाहिर पोस्टर टाँसेका थिए । पोस्टरमा ‘नेपाली पिएम ओली प्रभु श्रीरामविरुद्धको बयान फिर्ता लेऊ, अन्यथा यसको परिणाम भारतमा रहने नेपालीले भोग्नुपर्नेछ’ लेखिएको थियो ।

त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिविरुद्ध भेलुपुर थानामा एफआइआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।



यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने भारतीय प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार ७:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया