भारतमा नेपालीमाथिको दुव्र्यवहारबारे संग्रौला भन्छन्, ‘यो ओलीय नवीन आविस्कारको परिणाम हो’

भारतमा नेपाली अयोध्या र भगवान् रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि भारतको वनारसमा दुर्वव्यवहार भएको छ । यसप्रति हालसम्म प्रधानमन्त्री ओली मौन छन् ।

प्रधानमन्त्री ओलीको यसै मौनताप्रति लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले कटाक्ष गरेका छन् ।

अयोध्या नेपालमै छ र राम नेपाली हुन् भन्ने प्रधानमन्त्री ओलीको भनाइलाई संग्रौलाले ‘ओलीय आविस्कार’को संज्ञा दिएका छन् । सोही ओलीय आविस्कारका कारण भारतमा नेपालीले दुःख भोग्नुपर्दा पनि प्रधानमन्त्री ओलीले भने ‘रमिता हेरेर आनन्द लिएको’ उनको भनाइ छ ।

‘भारतमा ओलीय आविष्कारको रिस फेर्न उन्मादी आरएसएस र शिव सेनाहरू नेपालीलाई जबर्जस्ती मुण्डन गरेर टाउकामा ‘जय सिरी राम’को छाप ठोक्दै हुर्मत लिन थालेछन्’, संग्रौलाले आज बिहान ट्विट गर्दै भनेका छन्, ‘अयोध्या र भगवान् सिरी रामका नवीन आविष्कारक श्री खड्गप्रसाद शर्मा ओली रमिता हेरेर आनन्द पो लिँदैछन् कि !’

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले शुक्रबार बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए ।

साथै उनलाई भारतको पक्षमा र प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।




 



  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार ८:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया