जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीका तानाशाह एडल्फ हिटलरसँग तुलना गरेका छन् । प्रम ओलीले उग्र राष्ट्रवादको नीतिलाई हतियार बनाएको भन्दै भट्टराईले उनलाई हिटलरसँग तुलना गरेका हुन् ।
प्रम ओलीकाृ पछिल्लो नीति र व्यवहारले देश गम्भीर संकटतिर जाँदै गरेको उनको ठम्याइ छ ।
‘प्रम केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ’, भट्टराईले आज बिहान ट्विट गर्दै लेखेका छन्, ‘कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेश नीति, जातीय– धार्मिक द्वेष, राज्यका अंग ! स्मरण रहोस् हिटलर पनि निर्वाचित थिए र चरम राष्ट्रवाद उनको पनि हतियार थियो ।’
‘ओली हटाऔं, देश बचाऔं’, स्लग राखेर ट्विट गरेका उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने विषयमा नेकपा अझै पनि अलमलमा रहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
‘आखिर के भयो ? नेकपा किन अलमलमा ?’, भट्टराईको प्रश्न छ, ‘संसदबाटै संकटमोचन किन हुन्न ?’
भट्राईको कटाक्षप्रति प्रधानमन्त्री ओलीका समर्थकहरुले कडा प्रतिक्रिया जनाएका छन् ।
भट्टराईप्रति लक्षित गर्दै अर्जुन आचार्यले लेखेका छन्, ‘यो देशमा तपाईँजस्तै फटाहा र दलालहरुको बिगबिगी छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।