ट्रम्पले फेरि पनि अमेरिकीलाई मास्क लगाउ भनेनन्

कोरोनाभाइरस महामारी सुरु भएपछि विभिन्न समयमा आफ्ना धारणा राख्दै आएका र कोरोनाबारे कन्स्पिरेसी थियोरीलाई सहयोग गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई अझै पनि कोरोनाभाइरसबाट बच्न मास्क प्रयोग गर्न भन्न सकेका छैनन् ।

अमेरिकी सरुवा रोग विभागका प्रमुख डा. एन्थोनी फाउसीले स्थानीय र केन्द्रीय नेताहरुलाई अमेरिकीलाई मास्क लगाउन अनिवार्य गर्न निर्देशन दिनु भन्ने चाहना व्यक्त गरेपछि राष्ट्रपति ट्रम्पको यो धारणा बाहिर आएको हो । 

डा. फाउसीले चाहिँ कोरोनाविरुद्ध लड्न मास्क अनिवार्य भएको भन्दै सबैले मास्क लगाउन पर्ने बताएका थिए । 

तर, मास्क लगाउने वा नलगाउने भन्ने विषयमा अमेरिकामा पहिले देखि नै विवाद हुँदै आएको छ । 

अमेरिकाका अधिकांश प्रान्तीय सरकारहरुले मास्कलाई अनिवार्य गरेका छन् । तर, राष्ट्रपति ट्रम्पले मास्कलाई त्यति महत्व दिएका छैनन् । उनले आफूले मास्क नलगाउने अभिव्यक्ति चाहिँ यसअघि दिएका थिए । तर, केही समयअघि मात्र पहिलो पटक सार्वजनिक रुपमा ट्रम्प मास्क लगाएर पुगेका थिए ।





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १२:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया