दक्षिण अफ्रिकामा सोलिडारिटी कप क्रिकेट हुँदै, यस्ता छन् नियम

कोरोनाभाइरसका कारण लामो समयसम्म विश्वभर खेलकुदका गतिविधि ठप्प रहे । अहिले बिस्तारै केही खेलकुदका गतिविधि सञ्चालनमा आइरहेका छन् ।

यसैक्रममा दक्षिण अफ्रिकामा आजबाट सोलिडारिटी कपमार्फत लामो समयपछि क्रिकेट फर्किएको छ । खेल सेन्चुरियन के सुपरस्पोट्र्स पार्कमा नेपाली समय अनुसार दिउसो पौने २ बजे सुरु भएको छ ।

तीन टिमको सहभागिता रहेको यो प्रतियोगितालाई  नयाँ प्रयोगको रुपमा लिइएको छ । प्रतियोगितामा तीन वटै टिमको प्रायोजनबाट उठेको रकम कोरोनाका कारण समस्यामा परेका क्रिकेट खेलाडीहरुको सहयोगका लागि स्थापना गरिएको हार्डसिप फन्डमा जम्मा हुनेछ ।

यस्ता छन् तीन टिम 
 
इगल्स : एबी डि डिभिलियर्स (कप्तान), एडेन मार्कराम, लुन्गी एनगिडी, एंडिल फेलुकवायो, रेसी भान डे डुसेन, जुनियर डाला, काइल बर्नेन र बजोर्न फरट्युन ।

किंगफिसर : रिजा हेन्ड्रिक्स (कप्तान), हेनरिक क्लासेन, फाफ डु प्लेसिस, थेन्डो एनटिनी, तबरेज शम्सी, जानेम्यान मलान, ग्लेनटन सटरम्यान र जेराल्ड कोएट्जी ।

काइट्स : क्लिन्टन डि कक (कप्तान),डेभिड मिलर, टेम्बा बावुमा, एनरिक नोत्र्जे, ड्वेन प्रिटोरियस, ब्युरोन हेन्ड्रिक्स, जेजे स्मट्स र लुथो सिपामला ।



 प्रतियोगिताका ७ नियम

१. ८–८ खेलाडी रहेका तीन टिमबीच ३६ ओभरको खेल खेलाइनेछ । जसमा १८–१८ ओभरको २ हाफ हुनेछ ।
 
२. एक टिमले प्रत्येक हाफमा अलग अलग टिमविरुद्ध ६–६ ओभर बलिङ गर्न पाउनेछ र प्रत्येक टिमका लागि अलग अलग बलको प्रयोग गर्न पाउनेछ । 



३. कुन टिमले पहिला ब्याटिङ वा फिल्डिङ गर्ने र कुन टिम पहिलो हाफमा डग आउटमा बस्ने भन्ने कुराको टुङ्गो गोलाप्रर्थामार्फत लगाइने छ ।

४. पहिलो हाफमा बढी रन बनाउने टोलीले दोस्रो हाफमा पहिले ब्याटिङ गर्ने छ । तर बराबरी भएको खण्डमा पहिलो हाफमा जुन टिमले पहिले ब्याटिङ गरेको थियो सोही टिमले दोस्रो हाफमा बलिङ गर्नेछ । 

५. एक जना बलरले बढीमा ३ ओभर बलिङ गर्न पाउने छ । 

६. पहिलो हाफमा ७ विकेट गुमेपछि खेल रोकिनेछ र दोस्रो हाफ आठौं ब्याट्सम्यानले एक्लैले सुरु गर्नेछ । तर उसले जोर संख्यामा मात्र रन बनाउन पाउनेछ ।  

७. दुवै हाफमा गरेर जुन टिमले बढी रन बनाउँछ, त्यही टिम विजेता हुनेछ । यदि बराबरी भएमा सुपर ओभरबाट विजेताको टुङ्गो लगाइने छ ।

 

  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १४:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया