कोरोना संक्रमितले सुरु गरे भोक हड्ताल

सुर्खेतमा केही कोरोनाभाइरस संक्रमितले आफ्नो पिसिआर विधिबाट परीक्षण हुनु पर्ने भन्दै भोक हड्ताल सुरु गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको सिटी बसपार्कमा उनीहरुले भोक हड्ताल सुरु गरेका हुन् ।

१४ दिन आइसोलेसनमा बसेपछि उनीहरु घर पठाउन खोजिएको थियो । तर, उनीहरुले आफूहरुको पिसिआर विधिबाट परीक्षण नभएसम्म घर नजाने भन्दै हड्तालमा उत्रिएका छन् ।

२७ जना संक्रमित रहेको त्यो आइसोलेसनका व्यक्तिहरुले पहिले पिसिआर विधिबाट परीक्षण गरेर आफूलाई कोरोनाभाइरस संक्रमण भए÷नभएको पुष्टि गरेपछि मात्र घर पठाउन अनुरोध गरेका छन् । विरोधस्वरुप उनीहरुले प्रशासनले दिएको खाना नखाइ चउरमा छाडिदिएका छन् । 





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १७:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया