इरानमा कोरोनाभाइरस संक्रमित करोडौं छन्ः राष्ट्रपति

इरानका राष्ट्रपति हसन रुहानीले शनिबार इरानमा कोरोनाभाइरस संक्रमितको संख्या २ करोड ५० लाख भएको बताएका छन् । उनले थप ३ करोड ५० लाख इरानी संक्रमणको खतरामा रहेको पनि बताएका छन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार रुहानीले बताएको यो तथ्यांक त्यहाँको स्वास्थ्य मन्त्रालयको एक नयाँ रिपोर्टमा आधारित रहेको छ ।

यो तथ्यांक इरानले अहिलेसम्म दिएको कोरोनाभाइरस संक्रमितको संख्याको तुलनामा निकै धेरै हो । अहिलेको तथ्यांकअनुसार इरानमा २ लाख ६९ हजारलाई कोरोनाभाइरस संक्रमण भएको छ । 

मध्यपूर्वी देशमा इरान नै कोरोनभाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो ।

रुहानीले शनिबार गरेको सम्बोधनमा चाहिँ २ करोड ५० लाख मानिस कोरोना संक्रमित भएको र १४ हजारले कोभिड १९ का कारण ज्यान गुमाएको बताएका थिए । 





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १७:५६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया