नेकपा सचिवालय बैठक सकियो, ओली–प्रचण्ड पुगे शीतलनिवास
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसिरहेको सचिवालय बैठक सकिएको छ । सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।

ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटका लागि शीतलनिवास गएका छन् । 

स्रोतका अनुसार दुवै नेता एउटै समयमा शीतलनिवासतर्फ लागेका हुन् ।

उता, प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ घन्टा बसेको नेकपाको सचिवालय बैठकमा सहमती जुट्न सकेन । पछिल्लो विवादलाई केन्द्रमा राखेर सचिवालय बैठक बोलाइएको थियो । 

पछिल्लो समय पार्टीमा देखिएको संकट समाधानका लागि छलफल भइरहेको र यस्ता छलफललाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

भोलि हुने भनिएको स्थायी कमिटीको बैठक चाहिँ समयमा नै हुने श्रेष्ठले बताएका छन् । 





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार २०:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया