बिसिसीआईले डेक्कन चार्जर्सलाई ४८०० करोड जरिवाना तिर्नुपर्ने

इण्डियन प्रिमियर लिग (आइपिएल)को पूर्वविजेता डेक्कन चार्जर्सले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) विरुद्दको मुद्दा जितेको छ ।

बिसिसीआईले गलत तरिकाले आफूलाई आइपिएलबाट हटाएको भन्दै डेक्कनले मुद्दा हालेको थियो । मुम्बई उच्च अदालतले डेक्कनको पक्षमा फैसला सुनाउँदै बिसिसीआईलाई ४८०० करोड भारतीय रुपैयाँ जरिवाना तोकेको हो ।

सन २००८ बाट सुरु भएको आइपिएलमा डेक्कन क्रोनिकल्स होल्डिङ्स कम्पनीको स्वामित्वमा रहेको डेक्कनले २००९ को आइपिएल जितेको थियो । डेक्कन र आइपिएलबीच १० वर्षको सम्झैता भएको थियो ।

बिसिसीआईले सन् २०१२ अगस्ट ११ मा कारण देखाउ सूचना जारी गर्दै आइपिएल र डेक्कनबीचको सम्झौता खारेज गरेको थियो । बिसिसीआईले डेक्कनले आइपिएललाई तिनुपर्ने रकम नतिरेको आरोप लगाउँदै आएको छ ।

बिसिसीआईले डेक्कनको सम्झौता खारेज गर्दै सनराइजर हैदरावादलाई आइपिएलमा समावेस गराएको थियो ।

अदालतले बिसिसीआइ सेप्टेम्वरको अन्त्यसम्म उक्त रकम डेक्कनलाई तिरिसक्नु पर्ने पैmसला सुनाएको छ ।



बिसिसीआई यो फैसलाविरुद्द पुन अदालतमा जान सक्ने भएता पनि हालसम्म उसले कुनै प्रतिक्रिया भने दिएको छैन  ।



 

  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १०:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया