सहमतिबाट पछि हट्दै खुमलटारमा प्रचण्डले भने, ‘महाधिवेशनबारे गलत प्रचार भयोे’
फाइल तस्बिर

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिबाट पछि हटेका छन् ।

मंसिरमा महाधिवेशन गर्नै भनेर शनिबार प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीको प्रस्तावलाई आफू एक्लैले समर्थन नगर्ने उनले बताएका हुन् ।

खुमलटारस्थित निवासमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित स्थायी कमिटीका करिब डेढ दर्जन नेतासँग आज सचिवालयको प्रस्तावबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको मात्रै एकतर्फी प्रस्ताव आएको छन् । 

आगामी मंंसिरमा एकता महाधिवेशन गरेर पार्टीभित्रको विवाद समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावलाई पार्टीभित्र सबै पक्षको संवादबाट मात्र सहमति वा निर्णय लिन सकिने उनले स्पष्ट पारेका हुन् ।

आफूले सहमति नजनाएको विषयमा भयो भन्दै बाहिर भयो भन्दै हामीलाई कमजोर पार्ने र बदनाम गर्ने उद्देश्यले प्रचार गरिएको प्रचण्डले बताएको एक स्थायी कमिटी सदस्यले बताए ।

ती नेताका अनुसार प्रचण्डको यस्तो कुराबाट सबैजना चकित भएपछि ‘बैठकमै किन आपत्ति जनाउनुभएन’ भन्दै प्रस्टीकरण समेत मागिएको थियो ।



ओली र प्रचण्डबीच  मंसिरमा महाधिवेशन गर्न सहमत भएको शनिबार साँझ समाचारहरुमा आएको थियो । तर, राति  प्रचण्डको सचिवालयले कुनै सहमति नभएको जिकिर गरेको थियो । 

बिहान करिब १० बजेदेखि सुरु भएको छलफलमा पाँचजना सचिवालय सदस्य तथा केही स्थायी कमिटी सदस्य सहभागी भएका थिए ।
 



  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १४:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया