अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ६ जना अर्बपतिले दिए चन्दा

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ६ जना अर्बपतिले चन्दा दिएका​ छन् । ट्रम्पलाई हराउनका लागि उनीहरुले रिपब्लिकनकै नेतृत्वको सुपर प्याक लिंकन प्रोजेक्टलाई चन्दा दिएका हुन् ।

अर्बपतिहरुले सो प्रजेक्टलाई १० हजारदेखि १० लाख डलरसम्म सहयोग गरेका छन् । सबैभन्दा बढी चन्दा दिनेको सूचीमा लोन पाइन क्यापिटलका संस्थापक हेज फन्ड मेनेजर स्टेफन मान्डेल जुनियर छन् । उनले सबैभन्दा बढी १० लाख डलर दान गरेका छन् ।

त्यसैगरी हलिउड अर्बपति डेभिड गेफेनले १ लाख डलर, बोस्टम मीडिया म्याग्नेट अमोस होस्टेटरले १ लाख डलर, सिलिकन भ्यालीका लगानीकर्ता माइकल मोरिट्ज र मार्था कार्सलेले ५०–५० हजार डलर र क्रिस साकाले १० हजार डलर दान गरेका छन् । 

यसअघि वालमार्टका उत्तराधिकारी क्रिष्टी वाल्टनले जनवरीमा लिंकन प्रोजेक्टलाई २० हजार डलर दान गरेकी थिइन् । उनले मे महिनामा थप १० हजार डलर दिएकी थिइन् । लिंकन प्रोजेक्टले यो वर्ष मात्रै १ करोड ८७ लाख डलर उठाइसकेको छ ।





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १६:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया