आफूनिकट नेताहरुसँगको छलफलपछि ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भइरहेको छ । खुमलटारमा आफूनिकट नेताहरुसँग छलफ सकेर प्रचण्ड बालुवाटार पुगेका हुन् ।  

शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पार्टीको महाधिवेशन आउँदो मंसिरमा गर्ने भद्र सहमति भएको थियो । ओलीको उक्त प्रस्तावमा प्रचण्ड सहमत भए पनि झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेता असन्तुष्ट छन् ।  

सोही विषयमा आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा नेपाल, खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुसँग प्रचण्डको छलफल भएको थियो । सो छलफलमा प्रचण्डले ओलीसँग कुनै सहमति नभएको जानकारी गराएका थिए । 

शीर्ष नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन माग गरिरहेका छन् । भने ओली दुवै पद नछाड्ने अडानमा छन् । सोही उत्कर्षमा पुगेको विवाद साम्य बनाउन भन्दै दुई अध्यक्षबीच दर्जनौँपटक भेटवार्ता भइसकेको छ । 
 





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १८:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया