सोमबारबाट सार्वजनिक यातायात सञ्चालनमा आउने
फरकधार / ४ साउन, २०७७

काठमाडौं– सोमबारबाट सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीले यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

सरकारले गत असार २६ गते ५० प्रतिशत बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, व्यवसायीले विभिन्न माग राख्दै तत्काल यातायात सञ्चालन गर्न नसकिने बताउँदै आएका थिए । 

व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिसँगको छलफलपछि उनीहरु यातायात सञ्चालन गर्न तयार भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि हमालले आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीले उठाउँदै आएका माग मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताएका छन् । 

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका अधिकांश माग सम्बोधन भएको उनले बताए । 

  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार २०:९:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया