अनलाइन कक्षालाई निरन्तरता दिन निजी विद्यालयलाई सरकारको आग्रह

काठमाडौं– सरकारले आफ्ना माग पूरा नगरेको भन्दै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन रोकेको केही दिनमै सरकारले अनलाइन कक्षालाई निरन्तरता दिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी लगानीका विद्यालयले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरिएको छ । सरोकारवालासँग छलफल गरेर निजी लगानीका विद्यालयका माग सम्बोधन गर्न तयार रहेको मन्त्रालयले जनाएको छ । 

मौद्रिक नीतिले विद्यालय सञ्चालकको अधिकांश माग पूरा गरेको दाबी गर्दै मन्त्रालयले व्यवसायीले लिएको ऋणको सावाँ र ब्याज भुक्तानीको म्याद थप र कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरेको स्मरण गराएको छ । 

निजी विद्यालयका दुई संस्था प्याब्सन र एनप्याब्सनले माग पूरा नभएको भन्दै १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्ने र शिक्षक–कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेका थिए । यद्यपि, शिक्षक–कर्मचारीलाई बेतलबी बिदामा राख्ने निर्णय भने उनीहरूले आइतबार नै फिर्ता लिएका छन् । 





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार २१:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया