सकियो ला–लिगा, यस्ता बने कीर्तिमान

२०१९–२० सिजनको ला–लिगा सकिएको छ । एक खेल अगाडि नै उपाधि होड सकिएको लिगमा गएराति अन्तिम चरणका खेलहरु भएका थिए ।

रियल म्याड्रिडलाई च्याम्पियन बनाउँदै सकिएको लिगमा साबिक विजेता बार्सिलोनाले दोस्रो स्थानमा नै चित्त बुझायो ।

कोरोनाभाइरसका कारण करिब ३ महिना रोकिएर पुन: सञ्चालनमा आएको लिगमा रियलले उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन बनेको हो ।

कोरोनाअघि बार्सिलोनाभन्दा २ अंकले पछि रहेको रियलले ५अंकको अग्रता बनाउँदै लिगको अन्त्य गरेको हो ।

कोरोनापछि उत्कृष्ट प्रदर्शन गरेको रियलले विजयी यात्रालाई अन्तिम खेलसम्म भने कायम गर्न सकेन । लगातार १० खेलमा जित हात पारेको रियल लेगानेससँग २–२ को बराबरीमारोकियोे ।

बार्सिलोनाले एलाभेसमाथि ५–० को सानदार जित हात पार्दै लिगको अन्त्य गरेको छ ।



रियलले ३८ खेलबाट २६ जित ९ बराबरी तथा ३ हार बेहोर्दै ८७ जोड्दा बार्सिलोनाले समान खेलबाट २५ जित, ७ बराबरी तथा ६ हार बेहोर्दै ८२ अंक बनायो ।

रियल, बार्सिलोना, एथ्लेटिको म्याड्रिड तथा सेभिल्लाले आगामि सिजनका लागि  च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरे । एथ्लेटिकोले तेस्रो तथा सेभिल्लाले चौंथो स्थानमा रहँदै लिगको अन्त्य गरेका हुन् ।



भिल्लारियलले पाँचौ तथा रियल सोसिडाडले छैटौं स्थानमा रहँदै युरोपा लिगमा स्थान सुरक्षित गर्दा ग्रानाडाले सातौं स्थानमा रहँदै युरोपा लिग छनोटको दोस्रो चरण खेल्न पाउने भएको छ ।

लेगानेस, मालोर्का तथा स्पानियोल अन्तिम तीनमा रहँदै दोस्रो डिभिजनमा झरे ।

बार्सिलोनाका कप्तान लियोनल मेसी २५ गोलसहित लिगको सर्वाधिक गोलकर्ता बन्दा उनले अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

मेसी ला–लिगको इतिहासमा एकै सिजनमा सर्वाधिक गोलको अवसर सिर्जाना गर्ने खेलाडीसमेत बनेका छन् । उनले यो सिजनमा २१ गेलका लागि अवसर सिर्जना गराएका थिए । यसअघि यो कीर्तिमान बार्सिलोनाकै मिडफिल्डर जाभी हर्नान्डेजको नाममा थियो उनले २००८–९ को एकै सिजनमा २० गोलको अवसर सिर्जना गराएका थिए ।

सिजनमा च्याम्पियन रियल सबैभन्दा कम गोल खाने टिम बन्दा मालोर्का सबैभन्दा बढी गोल खाने टिम बन्यो । समान ३८ खेलमा रियलले मात्र २५ गोल बेहोर्दा मार्लोकाले ६५ गोल बेहोर्‍यो ।

बार्सिलोना सर्वाधिक गोल गर्ने टिम बन्दा स्पानियोल सबैभन्दा कम गोल गर्ने टिम बन्यो । समान ३८ खेलमा बार्सिलोनाले ८६ गोल गर्दा स्पानियोलले मात्र २७ गोल गर्न सक्यो ।

रियल सर्वाधिक क्लिनचिट राख्ने टिम बन्दा एलाभेस सर्वाधिक कम क्लिचिट राख्ने टोली बनेको छ । रियलले १९ खेलमा क्लिनचिट राख्दा एलाभेसले मात्र ३ खेलमा क्लिनचिट राख्न सक्यो ।

गेटाफे लिगमा सर्वाधिक पहेलो कार्ड बेहोर्ने टिम बन्यो । उसले १३० पहेँलो कार्डको सामना ग¥यो । त्यस्तै, ७१ पहेँलो कार्डको सामाना गरेको लेभान्ते सबैभन्दा कम पहेँलो कार्ड बेहोर्ने टिम बन्यो ।

समान ९–९ रातो कार्डको सामना गरेका स्पानियोल र रियल बेटिस सर्वाधिक रातो कार्ड बेहोर्ने टिम बन्दा रियल भालडोलिडका कुनै पनि खेलाडीले रातो कार्डको सामना गर्नु परेन ।

लिगमा चारवटा ह्याट्रिक हुंँदा तीनवटा बार्सिलोनाका लियोनल मेसीको नाममा रहे । एउटा भने रियल बेटिसका जोक्विन रोड्रिगेजको नाममा रह्यो ।

मेसीले सेल्टा भिगो, मालोर्का र एइबारविरुद्ध ह्याट्रिक गर्दा जोक्विनले एथ्लेटिको बिल्वाओविरुद्ध ह्याट्रिक गरेका थिए ।

(एजेन्सीको सहयोगमा)    


 

  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार ९:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया