इङ्गल्यान्ड र वेस्ट इण्डिजबीच जारी तीन टेस्ट सिरिजअन्तर्गतको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्गल्याण्ड ११३ रनले विजयी भएको छ ।
इङ्गल्याण्डले दिएको ३१२ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इण्डिजले ७०.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १९८ जोड्न सक्यो ।
वेस्ट एण्डिजका सामर्ह ब्रुक्स तथा जर्मेन ब्ल्याकउडले अर्धसतकीय पारी खेलेता पनि आफ्नो टोलीलाई हारबाट जोगाउन भने सकेनन् ।
ब्रुक्सले १३६ बलमा ४ चौका तथा २ छक्काको मद्दतमा सर्वाधिक ६२ तथा ब्ल्याकउडले ८८ बलमा ७ चौकाको मदतमा ५५ रनको योगदान दिँदा कप्तान जेसन होल्डरले ३५ रनको योगदान दिए ।
इङ्गल्याण्डका लागि स्टुअर्ड बोर्डले ३ ,क्रिस वोक्स, डोम बेस र वेन स्टोकले समान २ तथा साम कुरानले १ विकेट हात पारे ।
म्याचेस्टरस्थित इमिरेट्स ओल्ड ट्राफर्डमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्गल्याण्डले पहिलो पारीमा १६२ ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ४६९ बनाएको थियो ।
त्यस्तै, इङ्गल्याण्डले दोस्रो पारीमा १९ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १२९ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । वेन स्टोेकले दुबै पारीमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
इङ्गल्याण्डका लागि पहिलो इनिङ्गमा डोम सिब्ले तथा स्टोकले शतकीय पारी खेले । सिब्लेले ३७२ बलमा ५ चौकाको मद्दतमा १२० रनको योगदान दिए ।
स्टोकले ३५६ बलमा १७ चौका तथा २ छक्काको मद्दतमा १७६ रनको योगदान दिँदा जोस बटलरले ४० रन बनाए ।
वेस्ट इण्डिजका लागि रोस्टन चेसले ५, केमार रोचले २ तथा अल्जारी जोसेफ तथा जेसन होल्डरले समान १ विकेट हात पारे ।
त्यसैगरी, इङ्गल्याण्डका लागि दोस्रो पारीमा वेन स्टोकले अर्धशतकीय पारी खेले । उनले ५७ बलको सामना गर्दै ४ चौका तथा ३ छक्काको मदतमा अविजित ७८ रनको योगदान दिए । कप्तान जो रुटले अविजित २२ रन तथा ज्याक क्राउलीले ११ रनको योगदान दिए ।
वेस्ट इण्डिजका लागि केमार रोचले २ विकेट हात पार्दा एक विकेट रन आउटको रुपमा प्राप्त भयो ।
वेस्ट इण्डिजले पहिलो पारीमा ९९ ओभर ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा २८७ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि क्रेइग ब्रेथवेट, सामर्ह ब्रुक्स तथा रोस्ट चेसले अर्धशतकिय पारी खेले ।
व्रेथवेटले १६५ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ७५, ब्रुक्सले १३७ बलमा ११ चौकाको मदतमा ६८ तथा चेसले ८५ मा ७ चौकाको मदद्दतमा ५१ रनको योगदान दिए ।
इङ्गल्याण्डका लागि स्टुअर्ड बोर्र्ड र क्रिस वोक्सले समान ३ ,साम कुरानले २ तथा डोम बेस तथा वेन स्टोकले समान १ विकेट हात पारे ।
जितसँगै पहिलो टेस्ट ४ विकेट गुमाएको इङ्गल्याण्डले सिरिजमा १–१ को बराबरी गरेको छ ।
अब तेस्रो खेल २४ देखि २८ जुलाईसम्म साविक मैदानमै हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।