इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले चांैथो स्थानको लाजियोमाथि २–१ को कठिन जित निकालेको छ ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन दुबै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा पाहुना टोलीका लागि किरो इम्मोबोलेले एक गोल फर्काए ।
खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । रोनाल्डोको प्रहारलाई लाजियोका डिफेन्डरले डि–बक्सभित्र हातले छोएपछि रेफ्रिले भिएआरको मदतमा युभेन्टसलाई पेनाल्टीको अवसर दिएका थिए ।
५४ औं मिनेटमा पाउलो डिवालाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले नै घरेलु टोलीको अग्रतालाई दोब्बर बनाए ।
८३ औं मिनेटमा युभेन्टसका लियोनार्दो बुनुचीले इम्मोबोलेलाई डि–बक्सभित्र लडाए । त्यसपछि पाएको पेनाल्टीलाई इम्मोबोले नै गोलमा परिणत गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यो प्रर्याप्त नबन्दा लाजियो पराजित हुन पुगेको हो ।
जितसँगै युभेन्टसले उपाधि यात्रालाई झनै बलियो बनाउने क्रममा दोस्रो स्थानको इन्टर मिलानसँग ८ अंकको दुरी कायम गरेको छ ।
समान ३४ खेल खेलेको युभेन्टसको ८० अंक हुँदा इन्टरको ७२ अंक छ । पराजय बेहोरेको लाजियो समान खेलबाट ६९ अंकको साथमा चांैथो स्थानमा कायम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।