धनगढीमा विभिन्न ठाउँमा शंकास्पद वस्तु, सेनाले पार्यो निस्क्रिय

कैलालीको धनगढीका विभिन्न स्थानका चार ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । सेनाले कुकर बम जस्तै देखिने यी वस्तुहरुलाई विस्फोट हुनबाट रोकेको छ । 

प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटोमा कुकर बमजस्तै देखिने शंकास्पद वस्तु मंगलबार विहान भेटिएका थिए । 

त्यस्तै, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेका थिए । 

सबै शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । 

अहिलेसम्म यी शंकास्पद वस्तु कसले राखेको हो भन्ने खुलेको छैन । प्रहरी अब अनुसन्धानमा जुटेको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार ९:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया