बिपी र पुष्पलालका विचारलाई थप विकास गर्नु अहिलेको आवश्यता हो  : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई सम्झिएका छन् । दुवै नेताको स्मृति दिवसको अवसरमा आज बिहान ट्विट गर्दै भट्टराईले कांग्रेस र कम्युनिस्टका वर्तमान तेताहरुप्रति कटाक्ष गरेकासमेत गरेका छन् ।

बिपी र पुष्पललाललाई पार्टीका वर्तमान नेताहरुले विशेष अवसर आउँदा बढाइचढाइ गर्ने तर पछि बिर्सने गरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको आरोप छ ।

‘बिपी र पुष्पलाललाई कांग्रेस–कम्युनिस्ट धारले बढाइचढाइ स्तुति गर्ने र भोलिदेखि बिर्सने क्रम यो बर्ष पनि चल्नेछ’, ‘न्यूटनले भने झैं वैज्ञानिक र चिन्तकले अग्रजहरूका काँधमा उभिएर ज्ञानविज्ञानको थप विकास गर्ने र भविष्यको बाटो देखाउने हो ।’

नेता भट्टराईले बिपी र पुष्पलालको विचारलाई थप विकास गर्ने अहिलेको आवश्यकता रहेकोसमेत औंल्याएका छन् । ‘अहिलेको आवस्यकता बिपी र पुष्पलालका विचारलाई थप विकास गर्ने हो है’, उनले लेखेका छन् ।

भट्टराईको भनाइप्रति धेरैले असन्तुष्टि जनाएका छन् ।

विनोद न्यौपाने लेख्छन्, ‘आफू प्रधानमन्त्री हुँदा केही माखो मारेको होइन । सात वटा त पार्टी नै फेरि सक्यौ । अझै, सामाजिक विखण्डनको राजनीति गरिरहेका छौं । कति हँसाएका, बा ! पो भन्छ भैरे ।’
 





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार ९:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया