राप्रपाका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई सम्झिएका छन् । बिपीको स्मृति दिवसको उपलक्ष्यमा आज ट्विट गर्दै थापाले उनको स्मरण गरेका हुन् ।
बिपीलाई थापाले नेपाली राजनीतिका शिखर व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनका महारथी तथा राष्ट्रिय मेलमिलाप नीतिक प्रेरकको संज्ञा दिएका छन् ।
‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनका महारथी तथा राष्ट्रिय मेलमिलाप नीतिका प्रेरक स्व.बिपी कोइरालामा हार्दिक श्रद्धाञ्जलि !’ , उनले लेखेका छन् ।
अध्यक्ष थापा पछिल्लो समयमा कांग्रेसले लिएको गणतन्त्रको नीति बिपीको बिचार विपरित रहेको बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।