राहत  र उद्धारमा जुट्नका लागि भन्दै नेकपा स्थायी समिति बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

बाढी–पहिरो पीडितको राहत र उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको नेकपा सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेको लागि तय भएको बैठक स्थगित भएको थियो । त्यसपछि पुनः १ बजे सुरू भएको थियो । तर बैठक सुरू भएको केहीबेरमै स्थगित भयो ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको फोन संवादपछि बैठक सारिएको बताइएको थियो ।


 





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १४:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया