१३औँ सागका स्वर्णविजेता खेलाडीलाई कांग्रेसले सम्मान गर्ने

काठमाडौं– नेपाली कांग्रेसले १३औं साग प्रतियोगितामा स्वर्णपदक जितेका खेलाडीलाई सम्मान गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत संयोजकत्वको खेलकुद विभागले सो निर्णय गरेको हो । 

विभागले तत्काल स्वर्ण विजेताहरुलाई सम्मान गर्ने र रजत तथा कास्यपदक जितेका खेलाडी र प्रशिक्षक र व्यवस्थापकबारे पछि निर्णय गर्ने जनाएको छ । 

स्वर्ण जितेका खेलाडीहरुको सन्दर्भमा एउटा जित्नेलाई १० हजार र थप स्वर्ण जित्नेलाई प्रतिस्वर्ण पाँचहजारका दरले थपेर दिने निर्णय गरेको छ । टिम गेम र इन्डिभिजुअल गेमका खेलाडीबारे भने कमिटी मौन छ । 

साथै, कांग्रेस केन्द्रीय खेलकुद विभागले ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औँ दक्षिण एसियाली खेलकुदमा भएको खर्चको पारदर्शी हिसाब देखाउन पनि सरकारसँग माग गरेको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १७:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया