नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

काठमाडौं– पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । चितवनस्थित कालिखोलामा पहिरो जाँदा अबरुद्ध भएको सो सडक  
हलुका गाडीका लागि एकतर्फी खुलेको हो । 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार लगभग एकतिहाइ पहिरो मात्र सफा भएका कारण दोहोरो गाडी चल्न अझै समय लाग्नेछ ।

नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिनभन्दा यता पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अझै अवरोध कायम छ । पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरो गएका कारण काठमाडौं आउने बाटो अवरुद्ध छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १७:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया