यथाशीघ्र महाधिवेशन गरेर ओलीलाई हटाउने दाहाल–नेपाल समूहकोे निष्कर्ष

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले यथाशीघ्र पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्षमा पुगेको छ । दसई अध्यक्षबीचको वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अधिवेशन गर्ने प्रस्ताव गरेका थिए । 

शनिबारको सचिवालय बैठकमा पनि ओलीले मंसिरमा महाधिवेशन गरेर मात्र आफूले पार्टीको नेतृत्व छाड्ने अडान लिएका थिए । प्रचण्ड, नेपाल र झलनाथ खनालसहितका नेताहरुले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नैपर्ने दबाब दिएपछि उनले सो प्रस्ताव गरेका हुन् । 

दाहाल–नेपाल समूह पार्टी एकतालाई कायम राख्दै महाधिवेशनसम्म पुग्ने र त्यहाँबाट सबै कुराको हल गर्ने सहमतिमा पुगेको छ । असन्तुष्ट पक्षको छलफलमा सो विषयमा सहमति भएपछि तत्कालका लागि नेकपाको विवाद मत्थर हुने अनुमान गरिएको छ । 

यसअघि नेकपाको माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीले ०७७ चैत अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १८:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया