Fri, 14 Aug, 2020


दैनिक ब्रस नगर्नेलाई गिजा र पेटको क्यान्सरको जोखिम
फरकधार / साउन ६, २०७७

काठमाडौं– हावर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एक अनुसन्धानले दैनिक दाँत ब्रस नगर्ने व्यक्तिमा तुलनात्मक रूपमा क्यान्सरको जोखिम बढी हुने देखाएको छ । दैनिक ब्रस नगर्नेहरूमा गिजा र पेटको क्यान्सर हुने सम्भावना बढी रहेको वैज्ञानिकहरुको निष्कर्ष छ । 



पहिल्यै दाँत गुमाएकाहरूमा क्यान्सरको जोखिम अझ बढी हुने अध्ययनको निष्कर्ष छ । यसबाट मुक्तिका लागि नियमित रूपमा सफा दाँत सफा गर्नुपर्ने अध्ययनले देहाएको छ । 

२२ देखि २८ वर्ष उमेर समूहमा गरिएको अध्ययनमा नियमित रूपमा दाँत सफा नगर्ने ३३ प्रतिशतमा घाँटीको क्यान्सर र ६६ प्रतिशतमा पेटको क्यान्सर भएको पाइएको थियो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्