कांग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भयोः वरिष्ठ नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताए ।

सङ्घले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारको गलत क्रियाकलापको कांग्रेसले भण्डाफोर गर्न नसक्नु नेतृत्वको कमजोरी भएको बताए ।

उनले पार्टीको १४औँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन काँग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताए । 

बिपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार २०:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया