मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पछिल्लो समय मुलुकलाई अँध्यारोमा धकेल्ने कार्य सरकारबाट भइरहेको बताएका छन् । कम्युनिष्ट सरकारको रवैयाका कारण मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको उनले आरोप लगाए ।
बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले पूर्वराजाहरुसँगको अथक लडाइँबाट स्थापना गरेको प्रजातन्त्र वर्तमान सरकारको कारण धरापमा पर्दै गएको बताए ।
कोइरालाले नागरिकताका विषयमा सबै दलले एउटै धारणा बनाएर अघि बढे मात्र राष्ट्रियता बलियो हुने तर्क गरे । विदेशबाट विवाह गरेर ल्याएको बुहारीलाई नागरिकता दिने मिल्ने र छोरीले विवाह गरेको ज्वाइँलाई चाहिँ दिन नहुने भन्ने सोच विभेदकारी भएको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।