१ भदाैबाट विद्यार्थी भर्ना अभियान र परीक्षा सन्चालन हुने

कोरोना महामारीका कारण अनिश्चित बनेको विद्यार्थी भर्ना र परीक्षा सूचारु हुने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। सुरक्षाका मापदण्ड अबलम्बन गर्दै शैक्षिक कार्यक्रम संचालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका सवारी साधन पनि संचालन हुने छन्। हवाई उडान पनि भदौ १ बाट सूचारु गर्ने सरकारले निर्णय गरेको छ।

शैक्षिक संस्था, सबै प्रकारका सभा गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटिपार्लर, स्विमिङपुल, जिमखाना, चिडियाखाना लगायतका ठाउँ भने अर्को सूचनाबाट तोकिएको मितिमा खुल्ला गर्ने खतिवडाले बताए।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार ०:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया