यो वर्ष बालोन डि’ओर नहुने

विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर कोरोनाभाइरस महामारीका कारण यो वर्ष नहुने भएको छ ।

बालोन डि’ओरको आयोजक फ्रान्स फुटबल फेडेरेसनले विश्व फुटबलको प्रतिष्ठित अवार्ड यस वर्ष नहुने मंगलबार जनाएको हो ।

‘सन् २०२० मा अवार्ड कार्यक्रम हुने छैन । लामो समय विचार गरेर अवार्ड स्थगित गर्ने निर्णय गरेका हौं । अहिले भेला हुने समय पनि छैन,’ बालोन डि’ओर म्यागाजिनका सम्पादक पास्कल फिरेले भने ।

कोरोनाकै कारण फ्रान्समा गत मार्चदेखि नै सबैखाले फुटबल गतिविधि बन्द छन् । 

सन् १९५६ पछि पहिलोपटक बालोन डि’ओर अवार्ड स्थगित भएको हो । पहिलो संस्करणमा इङ्लिस फुटबलर स्टान्ले म्याथ्युजले उक्त अवार्ड प्राप्त गरेका थिए।​

अर्जेन्टिनाका लियोनल मेसी बालोन डि’ओरको उपाधि सर्वाधिक जित्ने फुटबलर हुन् । गत वर्ष उनले छैटौं पटक जितेका थिए ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार ९:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया