पोखरामा बिहीबारदेखि सार्वजनिक यातायात चल्ने

   
पोखराका यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको  पोखरा यातायात प्रालिले जनाएको छ ।


पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए । उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन् । 


सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए । 


आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन् ।
 





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १६:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया