भदौ ७ गतेभित्र कर तिर्नुपर्ने

करदाताले अब भदौ ७ गतेभित्र कर तिरिसक्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्य गर्ने निर्णय भएसँगै भदौ ७ भित्र कर तिर्नुपर्ने भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी भएको आदेश यो मिति तय भएको हो । 


 यसअघि सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरिसकेको छ । यद्यपि, अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको  छ । नेपालमा कोरोनाको जोखिम बढेको भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन जारी गरिएको थियो ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १७:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया