प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई लाख दिने

काठमाडौं– सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई दुई लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेर सो निर्णय गरेको हो । 

बुधबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विपद्का घटनामा परिवारका एक सदस्यको मृत्यु भएमा दुई लाख दिने घोषणा गरेको हो । त्यसैगरी, सोही परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ । 

राहत एकद्धार नीतिमार्फत उपलब्ध गराइने, तर एकाघर परिवारका सबै सदस्यको मृत्यु भएमा भने सोको राहत कसैलाई उपलब्ध नगराइने विज्ञप्तिमा उललेख छ । 

मन्त्रालयले घर, बहाल, आवास, खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसायमा समेत नोक्सानी भएमा तत्कालका लागि पाँचजनाको परिवार भएमा १५ हजार र सोभन्दा बढी भएमा २० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार २०:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया