नेपाल ओलम्पिक कमिटीको पहिलो कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त

काठमाडौ– नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त भएका छन् ।

एनओसीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले वैद्यलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

नेपाल टेबुल टेनिस सङ्घका अध्यक्षसमेत रहेका वैद्यलाई एनओसीको इतिहासमै कार्यकारी निर्देशक पदमा पहिलोपटक नियुक्त गरेको हो । यसअघि एनओसीले कार्यकारी निर्देशकको पद राख्ने गरेको थिएन ।

टेबुल टेनिसका पूर्वखेलाडीसमेत रहेका वैद्य विसं २०४६ बाट टेबुल टेनिस संघमा आबद्ध रहँदै आएका छन् ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार २०:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया