निजी स्कुलले बिहीबारदेखि पुनः अनलाइन क्लास चलाउने

काठमाडौं– निजी स्कुलहरुका दुई संस्था प्याब्सन र एनप्याब्सनले बिहीबारदेखि पुनः अनलाइन क्लास चलाउने भएका छन् । लकडाउन सुरु भएसँगै अनलाइन क्लास चलाएका निजी स्कुलले सरकारसँग राखेको माग पूरा नभएको भन्दै साउन १ गतेदेखि कक्षा बन्द गरेका थिए । 

बुधबार बसेको प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले अभिभावक संघसँग छलफल गरेर अनलाइन कक्षालाई निरन्तता दिने निर्णय गरेका हुन् । 

सरकारले मंगलबार रातिदेखि लकडाउन अन्त्यको घोषणा गरेपछि विद्यालयहरुले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न पाउने भएका छन् । सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उनीहरुले बिहीबारबाट फेरि अनलाइन कक्षा सुरु गर्ने भएका हुन् ।    

शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग बुधबार भएको छलफलपछि प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । मन्त्रीले माग सम्बोधन गर्दै जाने आश्वासन दिएपछि उनीहरुले आन्दोलन रोकेका हुन् । 

प्याब्सन र एन प्याब्सनले अनलाइन कक्षाको शुल्क निर्धारणबारे कार्यदल बनाएर त्यसैको सुझाबका आधारमा शुल्क तोक्ने भएका छन् ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार २०:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया