पहिराेमा आमाकाे मृत्यु, छाेरी घाइते

स्याङ्जाकाे गल्याङ नगरपालिका– १० गाउँसौरामा पहिरोले पुरेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।  घरमाथिबाट आएको पहिरोले पुरेर ५५ वर्षीया माया सारूको मृत्यु भएको छ भने उनकी २२ वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् । 

मंगलबार राति साढे तीन बजेतिर घरमाथिबाट आएको पहिरोले पुर्दा घर पूर्ण क्षति भएको छ । स्थानीयवासीले छोरी नारायणीको उद्धार गरी अस्पताल लगेका थिए भने आमालाई भग्नावशेषबाट निकालेका थिए । नारायणीको खुट्टा र ढाडमा चोट लागेको छ । वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घरसँगै रहेको गोठमा पनि क्षति पुग्दा एउटा खसी मरेको छ । 

यस्तै पहिरोले पुरिएको घरसँगै रहेका अरू दुईवटा घरसमेत जोखिममा परेका छन् । जोखिममा परेका दुई घरका सम्पूर्ण सामान स्थानीयले निकालेका छन् । लगातारको वर्षाका कारण घटनास्थल वरिपरि करिब दुई दर्जन स्थानमा पहिरो गएको गल्याङ नगरपालिकाले जनाएको छ ।

उद्धारका लागि प्रहरी जान समय लाग्ने भएपछि आकस्मिक रूपमा नगरपालिकाको डोजरले पहिरो पन्छाउने काम गरिरहेको गल्याङ नगरपालिकाका जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिँजालीले बताए ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार २२:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया