नरोकिएको हेन्डरसनको खुसी !

इंग्लिस च्याम्पियन लिभरपुलका कप्तान जोर्डन हेन्डरसन अहिले निकै खुसी छन् । किनकि, उनको क्लब लिभरपुलले पहिलोपटक आधुनिक इंग्लिस फुटबल लिगको उपाधि अर्थात इंग्लिस प्रिमियर लिग जितेको छ ।

त्यसो त लिभरपुलले प्रिमियर लिग उपाधि जितेको तीन हप्ता भइसक्यो । यद्यपि, कप्तान हेन्डरसनको खुसी अझै उस्तै छ ।

आफूहरुले लामो प्रतिक्षापछि लिग जितेकोतर्फ संकेत गर्दै आजै मात्र ट्विटरमा लेखेका छन्, ‘सबथोक सम्भव छ, त्यसैले, आफूमाथि विश्वास गर्न कहिल्यै नछोड्नुहोस् !’

यसअघि लिभरपुलले प्रिमियर लिग उपाधिका लागि पटक–पटक प्रयास गरे पनि असफल भएको थियो । उसले चारपटक उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

यद्यपि, लिभरपुलले प्रिमियर लिग भएको पटक जितेको भए पनि समग्रमा इंग्लिस लिग टाइटल भने १९ वटा जितिसकेको छ । यो म्यानचेस्टर युनाइटेडपछि दोस्रो हो । युनाइटेडले २० टाइटल जितेको छ ।


 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार ८:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया