पछिल्ला केही दिन यता सुनको मूल्यमा दिनदिनै रेकर्ड बनिरहेको छ । बिहीबार पनि फेरि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । तोलामा पाँच सय रुपैयाँले बढेपछि सुनको भाउ ९४ हजार पाँच सय प्रतितोला पुगेको छ । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा महंगो मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९४ हजार ६५ रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको जस्तै चाँदीको मूल्य पनि बुधबारको भन्दा तोलामा १० रुपैयाँले बढेको छ । योसँगै चाँदीको मूल्य अब ११ सय ४५ रुपैयाँ पुगेको छ ।
विश्व अर्थतन्त्रमा आएको मन्दी, कोरोनाभाइरसको महामारीका कारण सुनको मूल्य यसरी लगातार बढिरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।