सुनको मूल्यमा फेरि रेकर्ड

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबारको भन्दा शुक्रबार एकै दिन प्रतितोला सुनको मूल्य १ हजार ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार ९५ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने प्रतितोला रू। ५ ले बढेर रू।१ हजार १५० मा कारोबार भइरहेको छ । विश्व व्यापी रुपमा कोरोना महामारीको त्रासले सुनमा लगानी गर्दा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताहरु आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको सुन व्यवसायीहरुको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार ११:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया