नेकपा अध्यक्ष ओली र दाहालबीच छलफल
फाइल फोटो

  
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बिहान छलफल भएको छ ।

छलफलका लागि ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले ओलीसँग झन्डै दुई घन्टा कुराकानी गरेको बताइएको छ ।

स्रोतका अनुसार बारम्बार स्थगित गरी आगामी १३ गतेका लागि  बोलाइएको स्थायी समिति बैठक सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।


नेकपामा पछिल्लो समय दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालन गर्न नसकेको भन्दै राजीनामा मागेका छन् । तर, दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग भने ओलीले अस्वीकार गर्दै आएका छन् ।





  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार १४:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया