पार्टी फुट्दैन, अहंकारी व्यक्तिको पतन हुन्छ : माधव नेपाल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा विवादका कारण पार्टी नफुट्ने तर, व्यक्तिलाई प्रधान ठान्ने अहंकारबाट मुक्त नभए स्वयम् व्यक्तिको पतन हुने बताएका छन् ।

पार्टीलाई विधि र पद्धतिबाट चलाउनुपर्ने बताउँदै नेता नेपालले कसैले पार्टी विभाजन गर्न नसक्ने बताए । पुष्पलालको स्मृतिमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टी फुटाएर आन्दोलन कमजोर पार्ने मूर्खतापूर्ण काम नगरौँ । कम्युनिष्ट पार्टी फुट्नेवाला छैन । बरु, कसैले चोइट्याउन खोजे एक्लिन्छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै नेता नेपालले पार्टी चोइट्याउन खोज्ने व्यक्तिको पतन भएर जाने र सबथोक म नै हुँ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘आफूलाई केन्द्र बिन्दुमा राख्ने, अहंकारको भावनाबाट चल्न थालियो भने व्यक्तिको पतनबाहेक अरु केही हुन्न ।’





  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार १६:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया