काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाउने काममा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर भएको बताएका छन् ।
पछिल्लो समय निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्नुमा पनि ओलीको नै हात रहेको प्रचण्डको बुझाइ छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा संकट बढ्दै गएको बताएका हुन् ।
‘पार्टीको बैठक त चलिरहेको छ तर अर्का अध्यक्षले सक्रिय भएर नेकपा एमाले दर्ता पनि गर्न लगाउनु भएको छ,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।