काठमाडौं– सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् । यसअघि ग्लोबल आइएमई बैंकको सिइओ रहेका शर्मा गत वर्ष सो बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
पौड्यालले सञ्चालक समितिसँगको अन्तरविरोधका कारण शर्माले राजीनामा दिएको बुझिएको छ । यद्यपि, बैंक सञ्चालक पक्षले भने शर्माले राजिखुसी राजीनामा दिएको दाबी गरेको छ ।
शर्मालाई नियुक्त हुनुअघि बैंकको सञ्चालक समितिले नीरज श्रेष्ठलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको थियो । आन्तरिक विवादका कारण उनलाई नबनाएर पौड्याललाई सिइओ नियुक्त गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।