एजेन्सी– भारतमा एकै दिन ४९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ हजार तीन सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार नौ सय ४५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाबाट एकै दिनमा सात सय ४० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३० हजार ६ सय एकजनाको मृत्यु भएको छ भने चार लाख ४० हजार एक सय ३५ जना उपचारत छन् । ८ लाख १७ हजार दुई सय नौजना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।