पुराना तस्बिर शेयर गर्दै राजेशले गरे भाइको सम्झना

अभिनेता राजेश हमाल अहिले पारिवारिक शोकमा छन् । गत बुधबार मात्र उनका भाइ राकेशको भारतको दिल्लीमा निधन भएको थियो ।

एक मात्र भाइको निधनले बिक्षिप्त बनेका राजेश भाइसँगका तस्बिरहरु शेयर गरिहेका छन् । जसमध्ये धेरै बाल्यकालका छन् ।

राजेशले हालै मात्र भाइ राकेशसहित सिंगो परिवारको तस्बिर फेसबुकमा शेयर गरेका छन् । सो तस्बिरमा राजेश ६–७ वर्षका जस्ता देखिन्छन् । भाइ राकेश पनि त्यस्तै ४–५ वर्षका जस्ता देखिन्छन् । राकेश राजेशभन्दा डेढ वर्ष मात्रै कान्छा हुन् ।

तस्बिरमा राजेश र राकेशसँगै हजुरबा, बुवा, आमा र तीन दिदी–बहिनीलाई देख्न सकिन्छ । तस्बिरमा राजेश हजुरबा र बुवाको पछाडि छन् । राकेशलाई भने हजुरबाले बाकेका छन् ।

यो तस्बिरका अतिरिक्त राजेशले अर्को तस्बिर पनि फेसबुकमा हालेका छन् । जुन तस्बिर भाइ राकेशको मात्र छ । भाइ राकेशको सो तस्बिर स–परिवारकैे तस्बिरबाट कट गरेर प्रोटेट बनाइएको छ ।



‘आमा, बुवा, हजुरबा र हामी पाँच’, तस्बिर शेयर गर्दै राजेशले भनेका छन्, ‘काकु हामी तिमीलाई यसरी नै सम्झिरहने छौं ।’

स्रोतका अनुसार राकेशको घरमा बोलाउने नाम ‘काकु’ हो ।



 
 

  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार ९:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया