सुशान्त प्रकरण : शत्रुघनले दिए कंगनालाई साथ


अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नेपोटिज्मबारे बलिउडमा बहस सुरु भएको छ । यस बिषयमा कंगना रनौत बलिउडका केही कलाकारलाई निशाना बनाएर लगातार प्रतिक्रिया दिइरहेकी छिन् । कंगनाले बलिउडमा रहेका केही माफियाको समुहले आउटसाइडर्स कलाकारको करियर बर्बाद पार्ने गरेको आरोप लगाउँदै आएकी छिन् । 

कंगनाले दिएको यो प्रतिक्रियाको साथ बलिउडका दिग्गज व्यक्तिसमेत मानिएका शत्रुघन सिन्हाले समेत दिएका छन् । शत्रुघनले कंगनाको सफलतासँग डाहा लाग्नेले मात्र उनको बिरोधमा बोलेको बताएका छन् ।

‘कंगनाको विरोधमा उत्रने मैले जति पनि मानिस देखेको छु, ती सबै भित्रैदेखि उनीसँग जल्छन्’, एक भारतीय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा शत्रुघनले भने, ‘हाम्रो कुनै साथ, सहयोग, इच्छा नभइ तथा हाम्रो समुहमा सामेल नभइ, हाम्रो आशर्वाद नभइ, हामीले तल पार्न खोज्दा–खोज्दै यो केटी कसरी धेरै अगाडि बढेकी होली भनेर केही मानिस सोच्ने गर्छन् । त्यसैलै, उनीहरु कंगनाको डाहा गर्छन् ।’ 

पहिले पनि शत्रुघनले करण जोहरको टिभी शो कफी विद करणको विरोध गरेका थिए । उनले यस्ता कार्यक्रम विवादका कारण बन्ने बताएका थिए । शत्रुधनले फिल्म उद्योग कसैको व्यक्तिगत सम्पति नभएको बताएका थिए । उनले आफ्नो जमानामा त्यस्तो कुनै विवाद जन्माउँने सो नहुने गरेकोसमेत दाबी गरेका छन् । 


 





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १२:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया