वीरेन्द्रनगरको  सिटी बसपार्क भदौदेखि सञ्चालन हुने

कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्क भदौदेखि सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भएको १ वर्षपछि बसपार्क सञ्चालनमा आउन लागेको हो । एक वर्ष अघि नै  निर्माण कार्य सम्पन्न भए पनि नगरपालिका र व्यवसायीबीच विवाद भएपछि बसपार्क सञ्चालनमा आउन ढिला भएको थियो ।

 

 वीरेन्द्रनगर नगरपालिकाले विवाद सुल्झिएको बताउँदै आगामी भदौ १ गतेदेखि बसपार्क सञ्चालन गर्ने गरी तयारी थालेको बताएको छ । बुधवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि बसपार्क सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको थियो ।

 

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टिकाराम ढकालले भदौदेखि सिटी बसपार्क सञ्चालन गर्ने गरी तयारी गरिएको  वताए । उनले अहिले बसपार्कमा कोरोना संक्रमितको उपचारका लागि आईसोलेशन सेन्टर बनाइएकाले उक्त आईसोलेशन सेन्टरलाई अस्पतालसँग समन्वय गरेर व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए । 

 



बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउण्टर, शौचालय, पार्किङ्गस्थल निर्माण गरिएको छ । बसपार्क रू.७ करोड ४४ लाख लागतमा निर्माण भएको हो ।



  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १५:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया