कांग्रेसले कारवाही गर्‍याे गोविन्दराज जोशीलाई

नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टीबाट कारवाही गर्दै निष्कासन गरेको छ । 

कांग्रेसको अनुशासन समितिले विभिन्न समयमा पार्टीविरुद्ध काम गरेको भन्दै गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरेको हो ।

निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको बताएको छ ।  त्यस्तै, पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार ५:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया