अभिनेता राजेश हमाल अहिले भाइ राकेशको निधनका कारण शोकमा छन् । यद्यपि, उनले आफू त्यो पींडालाई छिचोलेर अघि बढ्ने कोसिसमा रहेको संकेत गरेका छन् ।
आज बिहान फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै राजेशले नेपाली र अंग्रेजी दुवै भाषामा लेखेका छन्, ‘सुन्दर दिन, इट्स अ वन्डरफुट डे टुडे, लाइफ गोज अन !’
राजेशले शेयर गरेको तस्बिर अर्थपूर्ण देखिन्छ । फोटोसपका माध्यमले सिर्जना गरिएको तस्बिरमा स्पष्ट देख्न सकिन्छ । तस्बिरमा राजेश प्रशन्न मुद्रामा देखिएका छन् । तर, उनीतिर गरुड आइरहेको छ ।
राजेशले शेयर गरेको तस्बिर र क्याप्सनप्रति धेरैले प्रतिक्रिया जनाएका छन् । ती प्रतिक्रिया मिश्रित छन् । तीमध्ये धेरैले राजेश महान व्यक्ति भएकाले दुःखलाई पनि सहज रुपमा लिएर अघि बढिरहेको बताएका छन् ।
त्यस्तै, कतिपयले पींडा भुलाउने कोसिसको रुपमा लिएका छन् ।
कतिपयले भने भाइको निधन भएको वेला राजेशले शेयर गरेको तस्बिर र लेखेको क्याप्सन जायज नभएको बताएका छन् । तर, यसको प्रतिकार पनि भएको छ ।
युवराज कार्की लेख्छन्, ‘यो गरुडसहितको तस्बिरले धेरै कुरा बोलेको छ । कुनै वेला पनि यमराजले जसलाई लान सक्छन्, तसर्थ हाँसी–खुसी जिउनुपर्छ भन्ने संकेत महानायक ज्यूको हो भन्ने लाग्छ । यसर्थ, लेखिएको अक्षरले मात्र स्टाटसको विश्लेषण नगरौं । तस्बिरले हजार शब्द बोलेको छ, ध्यान त्यतातिर पनि दिनुहोस् ।’
राजेशका भाइ राकेशको गत बुधबार दिल्लीमा निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।