लगातार नौ लिग उपाधिको संघारमा युभेन्टस

इटालियन सिरी एअन्तर्गत आज लिग लिडर युभेन्टसले १४ औं स्थानको स्याम्पाडोरियासँग प्रतिस्पर्धा गर्दैछ  ।

नेपाली समयअनुसार राति साढे १ वजे घरेलु मैदान एलिनाज स्टेडियममा हुने खेलमा जित निकालेको खण्डमा युभेन्टसले २ खेल अगावै लगातार ९ औं पटक लिग उपाधि आफ्नो नाममा लेखाउने छ ।

अघिल्लो चरणमा उडिनेजीसँग २–१ ले पराजित भएपछि ३ खेल अगाडि नै लिग जित्ने अवसरबाट चुकेको युभेन्टस आजको खेलमा स्पष्ट जित निकाल्दै लिग च्याम्पियन बन्ने दाउमा हुनेछ ।

यता स्याम्पाडोरिया पनि युभेन्टसको उपाधि यात्रालाई अझै लम्बाउने दाउमा हुनेछ । ४२ अंक जोडेको स्याम्पाडोरियाले आजको खेलमा जित हात पारे ११ औं स्थानमा उक्लिने छ ।

अहिले युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानसँग ४ अंकको दूरी बनाएको छ । युभेन्टसको ३५ खेलबाट ८० अंक हुँदा एक खेल बढी खेलेको इन्टरको ७६ अंक छ ।



यदि, आजको खेलमा जित हात पारे युभेन्टसले ७ अकंको दूरी बनाउने छ र लिगमा बाँकी दुईवटै खेल हारे पनि लिग उपाधि उचाल्ने निश्चित छ ।

सिरी एअन्तर्गत आजै अन्य पाँच खेल पनि हुनेछन् । नेपाली समयअनुसार राति ९ बजे हुने खेलमा बेलोग्नाले लिसको सामना गर्नेछ ।



राति सवा ११ बजे हुने चार खेलमा रोमाले फ्लोरेन्टिना, लाजियोले भेरोन, स्पालले टोरिनो तथा काग्लियरीले उडिनेजीकोे सामना गर्नेछन् ।

युभेन्टसले सन् २०११–१२ को सिजन यताका सबै सिरी ए उपाधि आफ्नो नाममा लेखाएको छ । 


 
 

  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १४:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया